काठमाडौंमा द क्यासमिर आउटलेट, कस्मिरी पश्मिनाका उत्पादन विक्रीमा

बिजमाण्डू
२०६९ असोज ४ गते ००:०० | Sep 20, 2012
काठमाडौंमा  द क्यासमिर आउटलेट, कस्मिरी पश्मिनाका उत्पादन विक्रीमा


काठमाडौं । गोल्यान समूहको ट्राइकोट इन्डस्ट्रिजले राजधानीको दरबारमार्गमा आउटलेट खोलेको छ । कम्पनीले ‘द क्यासमिर’ नामको आउटलेट खोलेको हो । दरबारमार्गको मोती महलको पहिलो तल्लमा खुलेको यो आउटलेटमा पस्मिना लगायतका सामाग्री पाइन्छन् ।
कम्पनीले पस्मिना, क्यासमिर ब्लेन्ड्स, मरिनो, ल्याम्ब्स–उल, सिल्क लगायत कपडा बिक्रीका लागि राखिएको छ । आउटलेटमा ग्राहकले पुलओभर, स्विटर, मफ्लर, टोपी, सल, ¥याप, पञ्जा लगायतका सामाग्री समेत पाइने कम्पनीले जनाएको छ । आउटलेटमा युरोपेली ब्रान्डको पोसाक पनि रहेको कम्पनीले जनाएको छ । आउटलेटमा एक सय ७५ रुपैयाँदेखि ९ हजार रुपैयाँसम्मका सामाग्री राखिएको कम्पनीले जनाएको छ ।

Tata
GBIME