टेलिकमले फेरि ल्यायो मिस्ड कल एलर्ट, १८ रुपैयाँमा एकघण्टा डाटा चलाउन यसो गर्नुस्

बिजमाण्डू
२०७५ जेठ १४ गते १७:४२ | May 28, 2018

काठमाडौं। नेपाल टेलिकमको मिस्ड कल एलर्ट सेवा भोलिदेखि पुनः संचालनमा ल्याउन लागेको छ। नेपाल टेलिकमले गणतन्त्र दिवसका अवसरमा मिस्डकल एलर्ट सेवा पुनः संचालनमा ल्याउन लागेको जनाएको छ।
 
मिस्ड कल सेवा जीएसएम पोष्टपेड तथा प्रिपेड मोवाइलमा लागू हुने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।
 
कम्पनीका अनुसार सेवाग्राहीले नम्बर व्यस्त हुँदा, नेटवर्क नभएको अवस्थामा र स्विच अफ भएको बेला फोन आउँदा एसएमएसमार्फत नोटिफिकेसन पाउनेछन्।
 
उक्त सेवा लिनकालागि सेवाग्राहीले एसयुबी  एसिए लेखेर १४०० मा एसएमएस अथवा डायल गर्नुपर्ने प्रावधान रहेको बिज्ञप्तीमा उल्लेख छ।  
 
कम्पनीका अनुसार उक्त सेवा १५ दिनकालागि निशुल्क लिन सक्नेछन् भने सो अवधिपछि मासिक पाँच रुपैयाँ सेवा शुल्क लाग्नेछ। 
 
जिएसएम र सिडीएमए सेवाग्राहीले  कम्पनीको नेट्वर्कभित्र १८ रुपैयाँमा एक घण्टा भ्वाइस, एसएमएस र डाटा चलाउन सक्ने कम्पनीले बताएको छ।     
 
कम्पनीका अनुसार १२ रुपैयाँमा पाँच दिन भित्र एक सय २० वटा एसएमएस पठाउन सक्नेछन्।
जेठ १४ गतेदेखि २८ गतेसम्म लागू हुने अफर खरिदका लागि सेवाग्राहीले *१४१५*८# डायल गर्न सक्ने कम्पनीले बताएको छ।          
 

Tata
GBIME
Nepal Life