सिभिल क्यापिटलको निमित्त सीइओमा शोभना घिमिरे, चार्टर्ड एकाउन्टेन्ट घिमिरेको यस्तो छ अनुभव

बिजमाण्डू
२०७९ असार १६ गते ११:५९ | Jun 30, 2022
सिभिल क्यापिटलको निमित्त सीइओमा शोभना घिमिरे, चार्टर्ड एकाउन्टेन्ट घिमिरेको यस्तो छ अनुभव


काठमाडौं। सिभिल क्यापिटल मार्केटको निमित्त प्रमुख कार्यकारी अधिकृतमा शोभना घिमिरे नियुक्त भएकी छिन्। कम्पनीको दुई साता अघि बसेको संचालक समिति बैठकले घिमिरेलाई निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

Tata
GBIME
NLIC

घिमिरेले एनआइसी एसिया बैंकबाट बैंकिङ यात्रा सुरु गरेकी थिईन्। गत माघ महिनाबाट सिभिल बैंकमा स्ट्राटेजिक म्यानेजमेन्ट अफिसरको रुपमा उनले काम गर्दै आएकी थिईन्। उनी चार्टर्ड एकाउन्टेन्ट हुन्।

उनको कार्यकालमा कम्पनीले थप उचाई पाउने विश्वास लिइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 कम्पनीले विगत १३ वर्षदेखि प्राथमिक सेयर निष्काशन, निक्षेप सदस्य, लगानी व्यवस्थापन कार्य, सेयर प्रत्याभुति र संस्थागत परामर्श सेवा दिँदै आएको छ।