सुनको भाउ तोलामा ३३०० रुपैयाँ बढ्यो, चाँदीको भाउ पनि उकालो, कति पुग्यो?

बिजमाण्डू
२०८३ मंसिर ११ गते १०:५५ | Nov 27, 2026
सुनको भाउ तोलामा ३३०० रुपैयाँ बढ्यो, चाँदीको भाउ पनि उकालो, कति पुग्यो?

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा भाउ उकालो लागेसँगै नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढ्न थालेको छ। सुनको मूल्य शुक्रबार प्रति तोला ३ हजार ३०० रुपैयाँ बढेको छ।

GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ शुक्रबार २ लाख ४६ हजार १०० रुपैयाँ निर्धारण गरेको छ। सुन बिहीबार प्रति तोला १४०० रुपैयाँ बढेर २ लाख ४२ हजार ८०० रुपैयाँका दरले किनबेच भएको थियो।

महासंघका अनुसार चाँदीको भाउ तोलामा १२० रुपैयाँ बढेर ३ हजार १९५ रुपैयाँ पुगेको छ। चाँदी बिहीबार तोलाको ३ हजार ७५ रुपैयाँका दरले किनबेच भएको थियो।