काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा भाउ उकालो लागेसँगै नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढ्न थालेको छ। सुनको मूल्य शुक्रबार प्रति तोला ३ हजार ३०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ शुक्रबार २ लाख ४६ हजार १०० रुपैयाँ निर्धारण गरेको छ। सुन बिहीबार प्रति तोला १४०० रुपैयाँ बढेर २ लाख ४२ हजार ८०० रुपैयाँका दरले किनबेच भएको थियो।
महासंघका अनुसार चाँदीको भाउ तोलामा १२० रुपैयाँ बढेर ३ हजार १९५ रुपैयाँ पुगेको छ। चाँदी बिहीबार तोलाको ३ हजार ७५ रुपैयाँका दरले किनबेच भएको थियो।