आयोन भी विद्युतीय एसयूभी ९.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा पाइने, सीजी मोटर्सले ल्यायो अफर

बिजमाण्डू
२०८३ मंसिर ९ गते १४:५५ | Nov 25, 2026
आयोन भी विद्युतीय एसयूभी ९.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा पाइने, सीजी मोटर्सले ल्यायो अफर

काठमाडौं। सीजी मोटर्सले आयोन भी विद्युतीय गाडी ९.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा बिक्री गर्ने अफर ल्याएको छ।

GBIME
Tata

आयोनको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले सीमित अवधिका लागि भन्दै नयाँ अफर ल्याएको हो।

यो एसयूभीमा ग्राहकले एक वर्षको बीमा र सडक कर छुट तथा ११ वर्षको वारेन्टी पाउने कम्पनीले जनाएको छ।

ग्राहकले यसबाहेक नगद छुट पनि पाउने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।