काठमाडौं। सीजी मोटर्सले आयोन भी विद्युतीय गाडी ९.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा बिक्री गर्ने अफर ल्याएको छ।
आयोनको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले सीमित अवधिका लागि भन्दै नयाँ अफर ल्याएको हो।
यो एसयूभीमा ग्राहकले एक वर्षको बीमा र सडक कर छुट तथा ११ वर्षको वारेन्टी पाउने कम्पनीले जनाएको छ।
ग्राहकले यसबाहेक नगद छुट पनि पाउने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।