काठमाडौं। हुलास फिनसर्भ हायरपर्चेज लिमिटेडले समीर ठाकुरलाई प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको छ। समीर कम्पनीका पहिलो सीइओ हुन्।
सीइओ नियुक्तिलाई कम्पनीले आफ्नो संस्थागत विकास र व्यावसायिक यात्राको महत्वपूर्ण उपलब्धि मानेको छ।
पहिलो सीइओको नियुक्तिले कम्पनीको कार्यसञ्चालन क्षमता तथा रणनीतिक दिशालाई थप बलियो बनाउँदै वित्तीय सेवा क्षेत्रमा दिगो विकास हासिल गर्ने दीर्घकालीन लक्ष्यलाई सहयोग पुग्ने अपेक्षा गरेको हुलास फिनसर्भले जनाएको छ।
हुलास फिनसर्भले दुई पाङ्ग्रे, तीन पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारीसाधन, ल्यापटप, मोबाइलफोन लगायत सामग्री खरिदका लागि वित्तीय सुविधा उपलब्ध गराउँदै आएको छ।
कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा हुन्।










