काठमाडौं । नेपाली रथी दर्जामा बढुवा भएका उपरथी अनुपजंग थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
मंगलबार सेनापति अशोकराज सिग्देले जंगी अड्डामा आयोजित एक कार्यक्रमा दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। उनलाई मंसिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकले सिफारिसको आधारमा बढुवा गरेको थियो।
उनलाई सेनापति सिग्देलको कार्यकालपछिका भावी सेनापतिको रुपमा पनि हेरिएको छ।
त्यस्तै, सहायक उपरथी दर्जामा बढुवा भएका मनोज थापा, सहायक रथी दर्जामा बढुवा भएका प्राविधिक महासेनानी गजत शाह, महासेनानी नानी पंकज रावल र महासेनानी सितल बानियाँलाई तथा महासेनानी दर्जामा बढुवा भएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको थियो।










