काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालको प्रशंसा गरेका छन्। उनले भारत भ्रमणबाट फर्किएको भोलिपल्ट मंगलबार स्वर्णिम र शिशिरलाई निक्कै मिहेनती मान्छे भन्दै प्रशंसा गरेका हुन्।
बालेनले आफू, स्वर्णिम र शिशिरको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेका छन्- देश उभो लाउने टोली! निक्कै मिहिनेती मान्छेहरु।
बालेनसँग स्वर्णिम र शिशिर पनि भारत भ्रमणमा गएका थिए। भ्रमण पूरा गरी नेपाल वायुसेवा निगमको नियमित उडानबाट फर्किएका बालेन, स्वर्णिम र शिशिरले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जहाज अवतरण भएपछि सामूहिक तस्वीर खिचेका थिए। बालेनले त्यही तस्वीर मंगलबार पोस्ट गरेका हुन्।










