भारतलाई हराएको  पाकिस्तान ‘ए’ सँग भिड्दै नेपाल, कस्तो छ  अंकतालिका?

बिजमाण्डू
२०८३ मंसिर ८ गते १३:१७ | Nov 24, 2026
भारतलाई हराएको  पाकिस्तान ‘ए’ सँग भिड्दै नेपाल, कस्तो छ  अंकतालिका?
कुशल भुर्तेल। फाइल फोटो

काठमाडौं। नेपाली क्रिकेट टोलीले आज पाकिस्तान  ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ। एसियन कप राइजिङ स्टार्स अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तान ‘ए’ विरुद्ध खेल्न लागेको हो।

GBIME
Tata

नेपालले यसअघि पहिलो खेलमा भारतसँग लज्जास्पद हार ब्यहोरेको थियो भने यूएईलाई हराएको थियो। अर्कोतर्फ पाकिस्तानले यूएई र भारत दुबैलाई हराएको थियो।

खेल दिउँसो ३: ४५ मा कतारको दोहामा सुरु हुनेछ। आजै पहिलो खेलमा भारत ‘ए’ र यूएई प्रतिस्पर्धामा छन्। नेपालको अब अघिल्लो चरणमा पुग्न सम्भावना भने न्युन छ। यसका लागि आज यूएईले भारतलाई हराएर नेपालले पाकिस्तानलाई हराउनु पर्ने हुन्छ।