काठमाडौं। कामना सेवा विकास बैंकले आकाश क्यापिटललाई आफ्नो सहायक कम्पनी बनाएको छ। बैंकले आकाश क्यापिटलको संस्थापक सेयर अधिग्रहण गरेको छ।
कम्पनीको सोमबार सम्पन्न ८औं वार्षिक साधारण सभाले कम्पनीको पुँजी वृद्धि, नाम परिवर्तन, संस्थागत सुदृढीकरण तथा व्यवसायको कार्यक्षेत्र विस्तारसम्बन्धी प्रस्ताव पारित गरेको छ। कम्पनी अब कामना सेवा क्यापिटलका रुपमा सञ्चालन हुनेछ।
साधारण सभाले गत आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक वित्तीय विवरण पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरेको छ।
कम्पनीले आगामी दिनमा मर्चेन्ट बैंकिङ तथा पुँजीबजार सम्बन्धी वित्तीय सेवाको दायरा विस्तार गर्ने लक्ष्य लिएको छ।










