सेयरधनीलाई सोल्टी होटलको आकर्षक लाभांश, ३६.८४ प्रतिशत प्रतिफल वितरण गर्ने

बिजमाण्डू
२०८३ मंसिर ८ गते १०:४४ | Nov 24, 2026
सेयरधनीलाई सोल्टी होटलको आकर्षक लाभांश, ३६.८४ प्रतिशत प्रतिफल वितरण गर्ने

काठमाडौं। सोल्टी होटलले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

GBIME
Tata

होटलको सञ्चालक समितिको सोमबार बसेको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनसहित १६.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

होटलले लाभांश प्रस्ताव पारित गर्न ५२औं वार्षिक साधारण सभा बोलाएको छ। होटलले पुस २१ गतेका लागि साधारण सभा डाकेको हो। साधारण सभा प्रयोजनका लागि पुस २१ गते बुक क्लोज मिति तोकिएको छ।

सोल्टीले सेयरधनीलाई पोहोर १५ प्रतिशत बोनस सेयरसहित ३१.५७ प्रतिशत लाभांश दिएको थियो।