प्रधानमन्त्री बालेन फर्किए स्वदेश, विराजभक्तको स्वागतपछि लागे बालुवाटार, मोदीलाई दिए धन्यवाद

बिजमाण्डू
२०८३ मंसिर ७ गते १९:२६ | Nov 23, 2026
प्रधानमन्त्री बालेन फर्किए स्वदेश, विराजभक्तको स्वागतपछि लागे बालुवाटार, मोदीलाई दिए धन्यवाद

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। बालेन नेपाल वायुसेवा निगमको नियमित उडानमा सोमबार साँझ स्वदेश फर्किएका हुन्।

GBIME
Tata

उनी आइतबार अपराह्न १: ४५ बजे निगमकै जहाजमा नयाँ दिल्ली गएका थिए। बालेन नयाँ दिल्लीमा २५ घण्टा बिताएर फर्किएका हुन्।

बालेनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठले स्वागत गरेका छन्। स्वदेश फर्किए लगत्तै बालेनले भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका छन्।

भारतमा रहँदा बालेनले सोमबार बिहान समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। बालेनसँगको वार्तापछि मोदीले नेपाललाई २ खर्ब २४ अर्ब रुपैयाँ सहयोगको घोषणा गरेका छन्। त्यसमध्ये ५६ अर्ब रुपैयाँ भोटेकोशी बाढीले भएको क्षतिको पुनर्निर्माणका लागि अनुदान हो भने १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण हो। ऋण रकम ऊर्जा क्षेत्रमा खर्च गर्ने भनिएको छ।

बालेनको भ्रमणका क्रममा विभिन्न ८ वटा समझदारीपत्रमा हसह्ताक्षर भएकामा दुई देशले २४ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्।