काठमाडौं। नेपाल र भारतबीच हाल एकतर्फी रूपमा संचालन हुँदै आएको बी ३४५ हवाई रुटलाई अब दुवैतर्फ संचालन गर्ने सहमत भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको छलफलपछि जारी भएको संयुक्त विज्ञप्तिमा यो रुटलाई दुईतर्फी बनाउन सहमति भएको उल्लेख गर्दै त्यसका लागि प्राविधिक परामर्श गरेर सहमति कार्यान्वयनमा ल्याइने जनाइएको छ।
नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार रुट दिन सहमत भएपनि प्राविधिक परामर्श भन्ने विषयले तत्कालै कार्यान्वयनमा आउन सक्दैन। ‘यो रुटबाट तत्कालै दुईतर्फी जहाज उडाउन मिल्ने भन्ने छैन। प्राविधिक परामर्श भन्नेवित्तिकै त्यही शब्द राखेर रोक्ने काम भयो,’ उनले बिजमाण्डूसँग भने, ‘पहिला पनि यसरीनै शब्द राख्ने गरिएको थियो।’
विज्ञप्तिमा यसका लागि आवश्यक प्रक्रिया र प्राविधिक व्यवस्थपनको कामलाई अन्तिम रूप दिइने समेत राखिएको छ।










