काठमाडौं। चितवन को-इ समूहअन्तर्गतको मनकामना केबलकार प्रालिद्वारा सञ्चालित लक्जरी होटल मनकामना हिलक्रेस्ट रिसोर्ट दोस्रो वर्षमा प्रवेश गरेको छ।
मनकामनाको पहिलो लक्जरी रिसोर्ट आइतबार दोस्रो वर्षमा प्रवेश गरेको हो। पहिलो वर्ष अत्यन्त उत्साहजनक भएको कम्पनीले आइतबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
कम्पनीले सेवा, गुणस्तर र पाहुनाको सन्तुष्टिमा अझ सुधार ल्याउने बताएको छ। कम्पनीले रिसोर्टलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।










