प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा, विमानस्थलमा उद्योग राज्यमन्त्रीले गरे स्वागत

बिजमाण्डू
२०८३ मंसिर ६ गते १६:०७ | Nov 22, 2026
प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा, विमानस्थलमा उद्योग राज्यमन्त्रीले गरे स्वागत

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह भारतको नयाँ दिल्ली पुगेका छन्।

GBIME
Tata

बालेन ३५ सदस्यीय सरकारी टोलीको नेतृत्व गर्दै केहीबेरअघि दिल्ली पुगेका हुन्। उनलाई इन्दिरा गान्धी विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्।

विमानस्थलमा स्वागतपछि बालेन होटलतर्फ लागेका छन्।

उनी आइतबार ताज होटलको कोठा नम्बर ८०३ मा बस्नेछन्।

उनीसँग साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गर्ने तालिका छ।