बालेनको भारत भ्रमण दुई देशको सम्बन्ध थप मजबुत बनाउन कोसेढुंगा सावित हुने रविको विश्वास

बिजमाण्डू
२०८३ मंसिर ६ गते १३:२७ | Nov 22, 2026
बालेनको भारत भ्रमण दुई देशको सम्बन्ध थप मजबुत बनाउन कोसेढुंगा सावित हुने रविको विश्वास
रवि लामिछाने र बालेन्द्र शाह। फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारत भ्रमण दुई देशको सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेको छ।

GBIME
Tata

रास्वपाका सभापति रवि लामिछानेले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन प्रधानमन्त्रीको भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका हुन्।

भ्रमणको पूर्वसन्ध्यामा शुक्रबार रवि र बालेनबीच तीन घण्टा छलफल भएको थियो।

रास्वपाका महामन्त्री विपिन आचार्यले आइतबार अपराह्न विज्ञप्ति जारी गरी प्रधानमन्त्री बालेनलाई भारत भ्रमण सफल, उपलब्धिपूर्ण तथा सुखद रहोस् भनी शुभकामना दिएका छन्।

‘यस भ्रमणले दुई देशबीच विद्यमान ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।