डीडीसीको आर्थिक घोटाला प्रकरण: विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख शर्मा पक्राउ

बिजमाण्डू
२०८३ कात्तिक २७ गते २०:०९ | Nov 13, 2026
डीडीसीको आर्थिक घोटाला प्रकरण: विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख शर्मा पक्राउ
फाइल फोटो

काठमाडौं। दुग्ध विकास संस्थानको आर्थिक अपचलन प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

GBIME
Tata

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले संस्थानको विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मालाई पक्राउ गरेको हो। जिल्ला अदालत काठमाडौंको अनुमतिले शर्मालाई शुक्रबार पक्राउ गरिएको सिआइबीले जनाएको छ।

शर्मामाथि आपराधिक विश्वासघात र संगठित अपराध समेतमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गैरकानूनी रूपमा आर्थिक लाभ लिई संस्थानलाई हानी नोक्सानी पुर्‍याउने आरोप प्रहरीले शर्मामाथि लगाएको छ। १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ घोटालाको दाबीसहित प्रहरीमा उजुरी परेको छ।