अन्तिम ओभरसम्मको संघर्षले काठमाडौंलाई हराउँदै प्लेअफ पुग्ने दोस्रो टोली बन्यो सुदूरपश्चिम

बिजमाण्डू
२०८३ कात्तिक २७ गते १६:०९ | Nov 13, 2026
अन्तिम ओभरसम्मको संघर्षले काठमाडौंलाई हराउँदै प्लेअफ पुग्ने दोस्रो टोली बन्यो सुदूरपश्चिम
प्लेअफ पुगेपछि सुदूरको सेलब्रेसन। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

काठमाडौं। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा पुगेको छ। आज सम्पन्न खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम प्लेअफ पुग्ने दोस्रो टोली बनेको हो।

GBIME
Tata
सुदूरको सेलिब्रेसन।

यसअघि लुम्बिनी लायन्सले प्लेअफमा स्थान पक्का गरिसकेको छ। अब, सुदूरपश्चिम पनि प्लेअफ पुगेसँगै बाँकी पाँच टोली बाँकीका दुई स्थानका लागि चर्चो प्रतिस्पर्धामा हुनेछन्। पोखरा एभेन्जर्स भने प्लेअफको होडबाट बाहिरिसकेको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको काठमाडौं ७ विकेट गुमाएर ११८ रनमा समेटियो।

काठमाडौंका मोहम्मद आदिल आलम आज पनि चल्न सकेनन्।

१२६ रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंका लागि राशिद खानले सर्वाधिक अविजित ३५ रन बनाउँदा दुसन हेमन्थाले २१ तथा साम हेजलेटले ११ रनको योगदान दिए। नेपाली ब्याटर भने क्रिजमा टिक्नै सकेनन्।

सुदूरपश्चिमका हेमन्त धामीको अपिल।

बलिङ अनिल खरेलले २ विकेट लिँदा स्कट कुगेलेइन, हेमन्त धामी र फेबियन एलनले समान १ विकेट लिए।

सुदूरपश्चिमले सुरुवाती ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको हो।

This image has an empty alt attribute; its file name is 906071074_1603659818231400_2607860505508027561_n-1024x683.jpg
कप्तान ऐरीले अर्धशतक बनाए।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिम पावरप्लेमै काठमाडौंअघि निरीह बनेको थियो। पहिलो पावरप्ले सकिँदा सुदूरपश्चिम ४ विकेट गुमाएर २१ रनको स्थितिमा थियो। सुदूरपश्चिमका शीर्षक्रमका ब्याटर स्कट कुगेलेइन ६ र विनोद भण्डारी १ तथा इशान पाण्डे र ब्राण्डन म्याकमुलन डकआउट भए।

This image has an empty alt attribute; its file name is 901542046_4628658930786804_1558984746364767826_n-1024x683.jpg
क्रिजमा सुदूरपश्चिमका खेलाडी।

अफ्ठेरो स्थितिमा आएका दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेल्दै सुदूरपश्चिमको पारी सम्हाले। उनले ५५ बलमा ६० रन बनाउँदा आरिफ शेखले १६ रन बनाए। त्यस्तै, थारिन्दु रत्नायके २६ रनमा अविजित रहे।

बलिङमा काठमाडौंका जहानदाद खानल् ३ तथा सन्तोष यादवले २ विकेट लिए।

This image has an empty alt attribute; its file name is 903358665_1557489836111270_5803640766104506449_n-1024x576.jpg
बलिङमा सन्तोष यादव। क्रिजमा विनोद भण्डारी।

पहिलो खेलमा हारबाट सुरु गरेको काठमाडौंको यो दोस्रो हार हो। सुदूरपश्चिमले भने लिग चरणको सबै खेल खेलिसकेको छ।

This image has an empty alt attribute; its file name is 903903194_3640806679418759_8141137970074325137_n-1024x576.jpg
सुदूरपश्चिमको ब्याटिङ संघर्ष। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

आजै हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन्।