भारतमा दुई पाङ्ग्रे सवारीको व्यापारमा ठूलो गिरावट, अक्टोबरमा ९.१९ लाख युनिट कम बिक्री

बिजमाण्डू
२०८३ कात्तिक २७ गते १४:०९ | Nov 13, 2026
भारतमा दुई पाङ्ग्रे सवारीको व्यापारमा ठूलो गिरावट, अक्टोबरमा ९.१९ लाख युनिट कम बिक्री

काठमाडौं। भारतीय अटो बजारमा दुई पाङ्ग्रे सवारीसाधनको बिक्रीमा ठूलो गिरावट आएको छ।

GBIME
Tata

फेडेरेसन अफ अटोमोबाइल डिलर्स एसोसिएसन (फाडा)ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार अक्टोबर महिनामा दुई पाङ्ग्रे सवारी साधन २३ लाख २१ हजार युनिट बिक्री भएको छ। गत वर्ष सोही अवधिमा ३२ लाख ४० हजार युनिट बिक्री भएको थियो।

चाडपर्वको पात्रो सरेका कारण दुई पाङ्ग्रे सवारीसाधनको बिक्री घटेको बताइएको छ। गत वर्ष नवरात्री र दीपावली दुवै अक्टोबरमा परेकाले बिक्रीको राम्रो आधार तयार पारेको थियो। तर यस वर्ष धनतेरस र तिहार नोभेम्बर महिनामा परेकाले अक्टोबरमा बिक्री घटेको फाडाले जनाएको छ।

दुई पाङ्ग्रेको बिक्रीमा होन्डाले हिरोलाई ओभरटेक पनि गरेको छ। यसको बजार हिस्सा २७.४७ प्रतिशत पुगेको छ। हिरो मोटोकर्पको बजार हिस्सा २५.७८ प्रतिशतमा झरेको छ।

स्कुटर र कम्युटर मोटरसाइकल दुवै सेग्मेन्टमा होन्डाको आक्रामक विस्तारलाई देखाउँछ। इन्धनको मूल्यमा भएको भारी वृद्धिले विद्युतीय दुई पाङ्ग्रेको मार्केट सेयर ४.६६ प्रतिशतबाट बढेर ९.६५ प्रतिशत पुगेको छ।