काठमाडौं। सुनको मूल्यमा भारी गिरावट भएको छ। सुनको मूल्य शुक्रबार तोलामा १२ हजार ६०० रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रति तोला २ लाख ७१ हजार ७०० रुपैयाँ निर्धारण गरेको छ। यसअघि कात्तिक २३ गते सुन प्रति तोला २ लाख ८४ हजार ३०० रुपैयाँका दरले किनबेच भएको थियो।
शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। चाँदीको भाउ तोलामा १५५ रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँमा आइपुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागेपछि नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ ४ प्रतिशतभन्दा धेरै घटेको हो। महासंघका अनुसार सुनको भाउ ४.४३ र चाँदीको भाउ ४.०२ प्रतिशतले घटेको छ।
अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य ३९१७.८९ र चाँदीको भाउ ५०.३४ डलरमा आइपुगेको छ।










![लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर] लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर]](https://bizmandu.com/wp-content/uploads/2026/11/848804182_1140586615022874_2099901756651918260_n-1-300x300.jpg)