सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीलाई १८.४२ प्रतिशत प्रतिफल दिने

बिजमाण्डू
२०८३ कात्तिक २७ गते १०:५७ | Nov 13, 2026
सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीलाई १८.४२ प्रतिशत प्रतिफल दिने


काठमाडौं। सुपरमाई हाइड्रोपावरले गत वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ।

GBIME
Tata

कम्पनीले चुक्ता पुँजीको १८.४२१ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। कात्तिक २२ गते बसेको सञ्चालक समितिले १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.४२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको कम्पनीले जनाएको छ।

सेयरधनीले कम्पनीको आगामी १२औं वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश पाउनेछन्।