काठमाडौंको कमलपोखरी र गुहेश्वरी क्षेत्रमा छठको लागि बनाइँदैछ घाट, सजावटको काम तीव्र (तस्विरहरु)

सुशील श्रेष्ठ
२०८३ कात्तिक २७ गते १०:५३ | Nov 13, 2026
काठमाडौंको कमलपोखरी र गुहेश्वरी क्षेत्रमा छठको लागि बनाइँदैछ घाट, सजावटको काम तीव्र (तस्विरहरु)


काठमाडौं । आजदेखि छठ पर्व सुरु भएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाउने गरिन्छ। पछिल्लो समय यो अवधिमा पनि सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग उठ्ने गरेको छ। हाल छठमा एक दिनमात्र बिदा दिइन्छ।

GBIME
Tata

मिथिला क्षेत्रसँगै काठमाडौंमा पनि अहिले छठघाट निर्माण भइरहेको छ। गुहेश्वरी र कमलपोखरीमा घाट निर्माणसँगै सजावटको काम भइरहेको हो। यससँगै बालाजुको बाइसधारा, भक्तपुरको कमलविनायकमा रहेको पोखरी, बागमती किनार लगायतका क्षेत्रमा पनि छठ मनाउन तयारी गरिँदैछ।

बाँसका भाटा र झिक्रा प्रयोग गरी घाट बनाइँदैछ। पर्व मनाउने स्थानहरुमा रङरोगन गरेर सजाउने काम पनि भइरहेको छ। त्यस्तै, ती क्षेत्रमा झिलिमिली बत्ती जडान गरिँदैछ।

छठको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुन्छ। दोस्रो दिन ‘खरना’ गरिन्छ। तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुन्छ।