काठमाडौं। अमेरिकी डलर स्थिर रहँदा युरोपियन युरो र पाउण्ड स्टर्लिङको मूल्यमा गिरावट छ। विश्वबजारमा सुनचाँदीको कारोबार मूल्य भने बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार १ अमेरिकी डलरको खरिद दर १४९ रुपैयाँ ९६ पैसा र बिक्री दर १५० रुपैयाँ ५६ पैसामा स्थिर रहेको हो। गत शनिबार कायम यो मूल्य अघिल्लो दिनका तुलनामा घटेर कायम भएको थियो। गत शुक्रबार अमेरिकी डलरको खरिद दर १५० रुपैयाँ ८७ पैसा र बिक्री दर १५१ रुपैयाँ ४७ पैसा थियो।
बजारमा ५७.७९ डलर बढेर सुनको कारोबार मूल्य प्रति औंस ४१२४.६७ डलर पुगेको छ। १.३३ डलरले बलियो हुँदै चाँदी पनि बढेर प्रति औंस ५३.३१ डलर पुगेको छ। नेपाली बजारमा सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८३ हजार रुपैयाँ छ। गत शुक्रबार कायम यो मूल्य अघिल्लो दिनका तुलनामा ५ हजार ९ सय रुपैयाँ घटेको हो। तिहारको सार्वजनिक बिदा चलिरहेकाले नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ मूल्य सार्वजनिक गरेको छैन।
अहिलेको बजारमा डलरको भाउमा घटबढ मात्रै सुनको मूल्य निर्धारण गर्ने कारक छैन। अमेरिकी ब्याजदरको अपेक्षा, भूराजनीतिक अनिश्चितता, सरकारी ऋणप्रतिको चिन्ता र केन्द्रीय बैंकको सुन खरिदले पनि मूल्यलाई प्रभावित गरिरहेका छन्। पछिल्लो समय यी कारणले डलर बलियो रहँदासमेत सुनको मूल्यमा उतारचढाव देखिएको छ।
सोमबार युरोपियन युरोको खरिद दर १६७ रुपैयाँ १२ पैसा र बिक्री दर १६७ रुपैयाँ ७८ पैसा भएको छ। आइतबार खरिद दर १६७ रुपैयाँ ५४ पैसा र बिक्री दर १६८ रुपैयाँ २१ पैसा थियो। यस्तै पाउण्ड स्टर्लिङ पनि घटेर खरिद दर २०० रुपैयाँ २० पैसा र बिक्री दर २०१ रुपैयाँ १ पैसा भएको छ। आइतबार खरिद दर २०० रुपैयाँ ७४ पैसा र बिक्री दर २०१ रुपैयाँ ५५ पैसा थियो।
स्वीस फ्रयांकको खरिद दर घटेर १८२ रुपैयाँ ७६ पैसा र बिक्री दर १८३ रुपैयाँ ४९ पैसा भएको छ। आइतबार खरिद दर १८३ रुपैयाँ १९ पैसा र बिक्री दर १८३ रुपैयाँ ९२ पैसा थियो। अष्ट्रेलियन डलरको खरिद दर १०२ रुपैयाँ ९६ पैसा र बिक्री दर १०३ रुपैयाँ ३७ पैसा भएको छ। आइतबार खरिद दर १०३ रुपैयाँ २ पैसा र बिक्री दर १०३ रुपैयाँ ४३ पैसा थियो।
क्यानेडियन डलर, जापानी येन, चिनियाँ युआन, थाइ भाट, साउथ कोरियन वोनको मूल्यमा गिरावट छ। कतारी रियाल, यूएई दिराम, ओमानी रियाल, बहरेन दिनार, कुवेती दिनार, मलेसियन रिंगिट स्थिर छन्।
यस्तो छ आजको विनिमय दर
| मुद्रा | एकाइ | खरिद दर | बिक्री दर |
| भारतीय रुपैयाँ | १०० | १६०.०० | १६०.१५ |
| अमेरिकी डलर | १ | १४९.९६ | १५०.५६ |
| युरोपियन युरो | १ | १६७.१२ | १६७.७८ |
| पाउण्ड स्टर्लिङ | १ | २००.२० | २०१.०१ |
| स्वीस फ्रयांक | १ | १८२.७६ | १८३.४९ |
| अष्ट्रेलियन डलर | १ | १०२.९६ | १०३.३७ |
| क्यानेडियन डलर | १ | १०६.१३ | १०६.५६ |
| सिंगापुर डलर | १ | ११६.८९ | ११७.३६ |
| जापानी येन | १० | ९.४६ | ९.५० |
| चिनियाँ युआन | १ | २२.४६ | २२.५५ |
| साउदी रियाल | १ | ३९.९५ | ४०.११ |
| कतारी रियाल | १ | ४१.१६ | ४१.३२ |
| थाइ भाट | १ | ४.४७ | ४.४८ |
| यूएई दिराम | १ | ४०.८३ | ४०.९९ |
| मलेसियन रिंगिट | १ | ३६.९५ | ३७.०९ |
| साउथ कोरियन वोन | १०० | ११.०० | ११.०४ |
| स्वीडिश क्रोनर | १ | १५.१६ | १५.२२ |
| डेनिश क्रोनर | १ | २२.३५ | २२.४४ |
| हङकङ डलर | १ | १९.१३ | १९.२० |
| कुवेती दिनार | १ | ४८७.१२ | ४८९.०७ |
| बहरेन दिनार | १ | ३९७.४६ | ३९९.०५ |
| ओमानी रियाल | १ | ३८९.४९ | ३९१.०५ |









