तिहारको मुखमा अकासियो सुन चाँदीको भाउ, प्रतितोला सुन १३३०० र चाँदी २६५ रुपैयाँले महँगियो

बिजमाण्डू
२०८३ कात्तिक १९ गते ११:२५ | Nov 5, 2026
तिहारको मुखमा अकासियो सुन चाँदीको भाउ, प्रतितोला सुन १३३०० र चाँदी २६५ रुपैयाँले महँगियो


काठमाडौं। तिहारको मुखमा नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। बिहीबार प्रति तोला सुनको मूल्य १३ हजार ३०० र चाँदीको मूल्य २६५ रुपैयाँ बढेको हो।

GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रति तोला २ लाख ८८ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ। सुन बुधबार २ लाख ७५ हजार ६०० रुपैयाँका दरले किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसकै प्रभाव नेपाली बजारमा परेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४ हजार १०० डलर नाघेको छ।

चाँदीको मूल्य बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ। चाँदी बुधबार तोलाको ३ हजार ६५५ रुपैयाँका दरले किनबेच भएको थियो। तिहारमा खासगरी धनतेरसका दिन सुनचाँदी धेरै किनबेच हुन्छ। यसपालि धनतेरस शुक्रबार परेको छ।