कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, मधेश सरकारका विषयमा छलफल

बिजमाण्डू
२०८३ कात्तिक १७ गते २२:३४ | Nov 3, 2026
कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, मधेश सरकारका विषयमा छलफल


काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। मधेश प्रदेश सरकार गठनका विषयमा थापा र ओलीबीच कुराकानी भएको स्रोतले बतायो।

GBIME
Tata

मंगलबार साँझ ओलीलाई भेट्न थापा निवास गुण्डु पुगेका थिए। सभापतिमा निर्वाचित भएपछि थापा र ओलीबीच पहिलोपटक भेट भएको हो।

मधेश प्रदेशमा पछिल्लो पटक सरकार गठनमा खिचातानी भइरहेको छ। सरकार गठनका विषयमा सवै राजनीतिक दलहरुले खुला छलफल गरिरहेका छन्। सोही सिलसिलामा थापा ओलीलाई भेट्न निवास गुण्डु पुगेका हुन्।