काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका सल्लाहकार सन्तोष पाण्डेय लुम्बिनी विकास कोषको सदस्यसचिव बनेका छन्।
रुपन्देहीको तिलोत्तमाका पाण्डेयलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोषको सदस्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। उनले कोषको सदस्यसचिव पदका लागि आवेदन भने दिएका थिएनन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार कोषको सदस्यसचिवका लागि २०९ जनाले आवेदन दिएका थिए।
आवेदनविनै सदस्यसचिवमा नियुक्ति पाएका पाण्डेयले एडभान्सड कलेज अफ इन्जिनियरिङबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्।
पाण्डेयले बालेन्द्र शाह काठमाडौं महानगरको मेयर हुँदा उनको सचिवालमा रहेर काम गरेका थिए।










