टिकौली जंगलमा फ्लाइओभर बनाउन एडीबीको ३ अर्ब अनुदान, दुई सडक बनाउन ४३ अर्ब ऋण

बिजमाण्डू
२०८३ कात्तिक १७ गते २०:१२ | Nov 3, 2026
टिकौली जंगलमा फ्लाइओभर बनाउन एडीबीको ३ अर्ब अनुदान, दुई सडक बनाउन ४३ अर्ब ऋण


काठमाडौं। चितवनको टिकौली जंगलमा करिब २ किलोमिटर लामो वन्यजन्तुमैत्री फ्लाइओभर (आकाशे पुल) निर्माण गर्न एशियाली विकास बैंक(एडीबी)ले ३ अर्ब अनुदान दिने दिएको छ।

GBIME
Tata

नारायणघाट-हेटौंडा सडक विस्तार अन्तर्गत टिकौली जंगलमा करिब २ किलोमिटर लामो फ्लाइओभर बनाउन एडीबीले ३ अर्ब अनुदान दिने भएको हो। त्यो सडकमा एडीबीले नै वन्यजन्तुलाई सडक पार गर्न सहज होस् भनेर फ्लाइओभर बनाउन सुझाव दिएको थियो। नेपालले आफ्नो खर्चमा फ्लाइओभर बनाउन नसक्ने बताएपछि त्यसका लागि एडीबी २० मिलियन अमेरिकी डलर अनुदान दिन तयार भएको हो।

विस्तार गरिने सडकको डिजाइन एडीबीले नै तयार पारेको हो। फ्लाइओभर निर्माण गर्न करिब ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सडक सुधारका लागि दिने २० मिलियन डलर अनुदान र २८५ मिलियन समुलियतपूर्ण ऋण स्वीकार गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ।

एडीबीले नारायणगढ-हेटौंडा ७० किलोमिटर सडक चार लेनमा विस्तार र मुग्लिनदेखि मर्याङ्दीसम्म पारीपट्टि दुई लेनको सडक बनाउन २८५ मिलियन डलर अर्थात ४३ अर्ब ३३ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिने दिएको हो।

नारायणगढ-हेटौंडा सडक विस्तारका लागि अहिले ठेक्का प्रक्रिया चलिरहेको छ। कात्तिक १९ गते ठेक्काको प्राविधिक प्रस्ताव खोल्ने तयारी छ। मुग्लिन पारीको बाटोका लागि ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ।

मुग्लिन पारी साढे ८ किलोमिटर सडक र दुईवटा पुल बनाउन ५ अर्ब खर्च हुने अनुमान छ।