काठमाडौं। लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पोखरा एभेन्जर्सलाई पहिला ब्याटिङको निम्ता दिएका हुन्।
लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिमलाई हराएको थियो तर दोस्रो खेल वर्षाका कारण रद्ध भयो। यता, पोखरा जारी संस्करणमा एकमात्र जितविहीन टोली हो। ब्याटिङमा चलिरहेको संघर्षबीच पोखराले आज दिनेश खरेलको स्थानमा अर्जुन कुमाललाई प्लेइङ ११ मा राखेको छ।
लुम्बिनी लायन्स प्लेइङ ११
रोहितकुमार पौडेल (कप्तान), सन्दीप जोरा, तिलकराज भण्डारी, अभिषेश गौतम, आशिफ शेख, शेर मल्ल, रुबेन ट्रम्पलमेन, निरोसन डिक्वेला, डार्सी सर्ट, समीम हुसैन, किशोर महतो
पोखरा एभेन्जर्स प्लेइङ ११
कुशल भुर्तेल (कप्तान), विपिन खत्री, किरण ठगुन्ना, अर्जुन कुमाल, अर्जुन घर्ती मगर, विपिन आचार्य, आकाश चन्द, सकिव अल हसन, मेहदी हसन, चामिका करुणारत्ने, सदीरा समाराविक्रमा










