काठमाडौं। भारतको कमर्सियल सवारीसाधन निर्माता कम्पनी अशोक लेल्यान्डले नेपालका विपद् प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई ८० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
अशोक लेल्यान्डको नेपालका लागि कन्ट्री हेड विप्लव पल र आधिकारिक वितरक आइएमई मोटर्सको टोलीले अर्थ सचिव डा. घनश्याम उपाध्यायलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेको छ।
पलले कम्पनीको सहयोगले विपद् प्रभावितको पुनर्स्थापनामा योगदान पुग्ने विश्वास व्यक्त गरेको आइएमई मोटर्सले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।









