दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ, संगठित अपराधको आरोप

बिजमाण्डू
२०८३ कात्तिक १३ गते २०:५२ | Oct 30, 2026
दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ, संगठित अपराधको आरोप


काठमाडौं। आपराधिक विश्वासघात तथा संगठित अपराधको कसुरमा संलग्न रहेको आरोपमा दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

GBIME
Tata

गैरकानूनी रूपमा आर्थिक लाभ लिई संस्थानलाई हानि नोक्सानी पुर्‍याउने कार्य गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सर्लाही बलरा घर भई हाल कागेश्वरी मनहरा ६ काठमाडौं बस्ने संस्थानका तत्कालीन महाप्रबन्धक सञ्जीव झा रहेका छन्। सिरहा नगरपालिका १ घर भई तार्केश्वर नगरपालिका ४ बस्ने विजयकुमार यादव र पर्वत मोदी गाउँपालिका ४ का काठमाडौं तार्केश्वर नगरपालिका ६ बस्ने मनहरी शर्मा रहेका छन्।  

यस्तै सर्लाही मोहनपुर घर भई हाल चितवन भरतपुर महानगरपालिका ५ कल्याणपुर बस्ने रामकेवल राय,  सर्लाही चन्द्रनगर गाउँपालिका ५ का जितेन्द्रकुमार यादव,  सर्लाही चन्द्रनगर गाउँपालिका २ का नवीन राय यादव,  सर्लाही चन्द्रनगर गाउँपालिका ५ का शिवनन्दन राय र सिन्धुपाल्चोक कालिका गाउँपालिका ७ का बिखबहादुर भण्डारी रहेका छन्।