निजी विद्यालयको संगठन एनप्याब्सनलाई गृह मन्त्रालयले गर्‍यो निलम्बन, ‘निर्देशन मानेन’

बिजमाण्डू
२०८३ कात्तिक १३ गते १६:१० | Oct 30, 2026
निजी विद्यालयको संगठन एनप्याब्सनलाई गृह मन्त्रालयले गर्‍यो निलम्बन, ‘निर्देशन मानेन’


काठमाडौं। सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)लाई निलम्बन गरेको छ।

GBIME
Tata

गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन बमोजिम बारम्बार दिइएको निर्देशन पालना नगरेको भन्दै एनप्याब्सनलाई शुक्रबार निलम्बन गरेको हो। मन्त्रालयले एनप्याब्सनलाई निलम्बन गरिएको सूचना निकालेको छ।

मन्त्रालयले एनप्याब्सनले सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका काम गरेको पाइएको बताएको छ।

यस विषयमा मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवाला पक्षसँग छलफल गरी राष्ट्रिय निर्देशन ऐन तथा २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनबमोजिम काम गर्न भनेको थियो। तर, निर्देशनअनुसार काम गरेको नदेखिएकाले निलम्बन गरिएको मन्त्रालयले जनाएको छ।