इतिहासकै ठूलो ‘डिजिटल डकैती’: भर्चुअल संसारमा कति सुरक्षित छ लगानी?

आकांक्षा ढकाल
२०८३ कात्तिक १३ गते २१:०३ | Oct 30, 2026
इतिहासकै ठूलो ‘डिजिटल डकैती’: भर्चुअल संसारमा कति सुरक्षित छ लगानी?


आज विश्वकै ठूला क्रिप्टोकरेन्सी एक्सचेन्जमध्ये एक बाइनान्स ह्याकरको निशानामा पर्‍यो। यसलाई लिएर राजनीतिक टिकाटिप्पणी पनि सुरु भइसकेको छ। तर, प्रश्न यो भन्दा डिजिटल करेन्सीको भविष्यमाथि नै उठेको छ।

GBIME
Tata

बिमाइन्समा भएको डिजिटल डकैती सानोतिनो होइन। ६ अर्ब ३० करोड डलरभन्दा बढीको क्रिप्टो चोरी भएको हो। यो चोरीले अहिले विश्वव्यापी डिजिटल वित्तीय बजारमा ठूलो तरंग ल्याएको छ।

नेपाली रुपैयाँमा यो रकम ९ खर्ब ७० अर्बभन्दा बढी हुन्छ।

यो घटनाले क्रिप्टोकरेन्सीको सुरक्षा प्रणालीमाथि फेरि गम्भीर प्रश्न उठाएको छ। यसको असर सेयर बजारमा समेत देखिएको छ।

२०२४ को अन्त्यसम्म विश्वभर क्रिप्टोकरेन्सी स्वामित्व राख्ने मानिसको संख्या ६५ करोड ९० लाख थियो। अहिले यो संख्या बढेको छ।

यसरी क्रिप्टोमाथिको निशाना नयाँ होइन। २०२५ फेब्रुअरीमा बाइबिट एक्सचेन्जबाट करिब १ अर्ब ४६ करोड डलर बराबरको क्रिप्टो चोरी भएको थियो। यो घटनामा ह्याकरले डिजिटल वालेट व्यवस्थापन गर्ने डेभलपरको कम्प्युटरमा पहुँच बनाएका थिए। आज भएको मनी हेस्टमा पनि कम्पनीकै कर्मचारीको ल्यापटप ह्याक गरिएको थियो।

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी छ। तर, अमेरिका, जापान र भारतमा निश्चित नियमन तथा करको दायराभित्र क्रिप्टो कारोबार गर्न पाइन्छ।

तर पनि नेपालमा क्रिप्टोकरेन्सीको कारोबार भइरहेको केही अनुसन्धानमा देखिएको छ।

आजको घटनाले यो बजार नै सशंकित बन्दा यस्तो भविष्य कस्तो होला ? हेर्नुस् भिडियो एक्सप्लेनर