समस्याग्रस्त कर्णालीका संस्थापकको सेयर स्वामित्व १% मा झारियो, ‘चित्त नबुझे प्रमाण ल्याउनू’

बिजमाण्डू
२०८३ कात्तिक १३ गते १३:२५ | Oct 30, 2026
समस्याग्रस्त कर्णालीका संस्थापकको सेयर स्वामित्व १% मा झारियो, ‘चित्त नबुझे प्रमाण ल्याउनू’


काठमाडौं। समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकमा ठूला संस्थापक सेयरधनीको संस्थापक र साधारणतर्फको स्वामित्व घटाइएको छ।

GBIME
Tata

नेपाल राष्ट्र बैंकले खटाएको व्यवस्थापन समितिले २५ जना संस्थापक सेयरधनीको सेयर १ प्रतिशतमा झारेको हो। साथै, संस्थापकहरुको साधारण सेयरको हिस्सा पनि घटाइएको छ।

संस्थापकतर्फ २१ लाख ३६ हजार ६० कित्ता सेयरलाई २१ हजार ३६० कित्तामा झारिएको छ। ती संस्थापक‍को साधारणतर्फको १२ हजार ६८४ कित्ता सेयर पनि १२६ कित्तामा झारिएको छ।

संस्थापकतर्फ राजेन्द्र बीर रायको ७ लाख ५३ हजार कित्ता संस्थापक सेयरलाई ७ हजार ५३ कित्तामा झारिएको छ।

निक्षेप हिनामिना र वित्तीय सुशासन कमजोर देखिएपछि राष्ट्र बैंकले २०८२ पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो।

समस्याग्रस्त घोषणापछि सम्पत्ति तथा दायित्व मूल्यांकन गर्दा बैंकको सम्पत्तिले दायित्व नखाम्ने देखिएपछि सेयरधनीबाट चुक्ता हुनुपर्ने सेयर पुँजीबापतको रकम अवैधानिक रुपमा चुक्ता भएको देखिएकाले पुनर्संरचना गर्ने क्रममा संस्थापक सेयरधनीको सेयर पुँजी घटाइएको राष्ट्र बैंकले जनाएको छ।

संस्थापकको पुँजी घटाइ कम्पनी रजिष्ट्रार कार्यालयमा अभिलेखिकरणअघि कम्पनी ऐन बमोजिम सुनुवाई हुने भएको छ। आगामी मंसिर ९ गते उच्च अदालत तुलसीपुरमा सुनुवाई हुने भएको हो। राष्ट्र बैंकले कुनै दाबी विरोध भए प्रमाणसहित उपस्थित हुन भनेको छ।

संस्थापक सेयरधनीतर्फको सेयर

क्र.ससेयरधनीको नामबुवाको नामहजुरबुवाको नामसाविकको कित्ता संख्याहाल कायम भएको कित्ता संख्या
१राजेन्द्रवीर रायइन्द्रवीर रायइन्द्रवीर राय०.५०.०१
२पशुपतिदयाल मिश्रमिश्रिलाल मिश्रसुरेन्द्रदत्त मिश्र२४,०५४.३०२४०.५४
३तारा गुरुङहेमराज गुरुङकेबी गुरुङ०.९४०.०२
४असन्तवीर रायइन्द्रवीर रायइन्द्रवीर राय०.४०.०४
५ओमप्रकाश राणानोहनजस राणाकृष्णजस राणा८,१४५.००८१.४५
६विष्णु प्रसाद काफ्लेतालुकुमार काफ्लेरोहित कुमार काफ्ले१,८७०.२०१८.७
७ओमप्रकाश आजादरामदुलारे आजादखुशाल सिंह आजाद०.६६०.०८
८राजेन्द्रवीर रायराजेन्द्रवीर रायइन्द्रवीर राय२३३.६५२.३
९कुञ्जेवीर रायराजेन्द्रवीर रायइन्द्रवीर राय२३३.६५२.३
१०डा. उषा शाहश्यामसेरी जीत जबराराजेन्द्र जबरा२,०६८.६२२०.६९
११मोहनराम मिश्रशंकरदयाल मिश्रमिश्रिलाल मिश्र६,४९२.००६९.९१
१२शंकरदयाल मिश्रमिश्रिलाल मिश्रसुरेन्द्रदत्त मिश्र७,८३३.५०८७.३२
१३मनकुमारी चौधरीदशरथ थापाभरतमान थापा२९९.२२.९९
१४असन्तवीर रायइन्द्रवीर रायसकुन्तला राय/इन्द्र राय७,४३२.००७४.३२
१५ओमप्रकाश आजादरामदुलारे आजादआशाकुमारी क्षेत्री१,२८६.००१२.८६
१६टंकबहादुर बस्नेतबुद्धिमान बस्नेतभूपाल बस्नेत२,०७९.००२०.७९
१७पशुपतिदयाल मिश्रमिश्रिलाल मिश्रसुरेन्द्रदत्त मिश्र३७,९२०.००३७९.२
१८उषा राणा शाहश्यामसेरी जीत जबराकिशुन बहादुर शाह९,३८६.००९३.८६
१९कमला विकधनिराम नेपालीतीर्थराम नेपाली२४,८२७.००२४८.२७
२०युवराज अधिकारीफर्सीराम अधिकारीचुडामणि अधिकारी८७९.८.७९
२१ओम प्रकाश मिश्रपशुपतिदयाल मिश्रमिश्रिलाल मिश्र४००.४.
२२राजेन्द्रवीर रायइन्द्रवीर रायइन्द्र वीर राय६,७३,४०४.००६,७३४.०४
२३सुनीलो इन्भेस्टमेन्ट प्रालि——६,७३,२२२.००६,७३२.२२
२४नानी गुरुङसेनीमोतीलाल गुरुङहेमराज गुरुङ२,०३६.००२०.३६
२५तारा गुरुङहेमराज गुरुङकुमारबहादुर गुरुङ४,८४,६०५.००४,८४६.०५
जम्मा२१,३६,०६०.८४२१,३६०.६१
स्रोत : सार्वजनिक सूचना

साधारण सेयरधनीतर्फको सेयर

क्र.ससेयरधनीको नामबुवाको नामहजुरबुवाको नामसाविकको कित्ता संख्याहाल कायम भएको कित्ता संख्या
१युवराज अधिकारीफर्सीराम अधिकारीचुडामणि अधिकारी१४२.६९१.४३
२तारा गुरुङहेमराज गुरुङकुमारबहादुर गुरुङ०.२९०
३ओमप्रकाश आजादरामदुलारे आजादखुशाल सिंह०.१९०.०१
४तारा गुरुङहेमराज गुरुङकुमारबहादुर गुरुङ२,५१७.००२५.१७
५नानी गुरुङसेनीमोतीलाल गुरुङहेमराज गुरुङ५५०.५.५
६सुनीलो इन्भेस्टमेन्ट प्रालि——४,९२८.४०४९.२८
७राजेन्द्रवीर रायइन्द्रवीर रायइन्द्रवीर राय३३३.३.३३
८युवराज अधिकारीफर्सीराम अधिकारीचुडामणि अधिकारी५००.५.
९टंकबहादुर बस्नेतबुद्धिमान बस्नेतभूपाल बस्नेत३,५७१.००३५.७१
१०ओमप्रकाश आजादरामदुलारे आजादआशाकुमारी क्षेत्री१४२.१.४२
जम्मा१२,६८४.९८१२६.८५
स्रोत : सार्वजनिक सूचना