बतास एमएडब्लुले सार्वजनिक गर्‍यो बीएसभीआई मापदण्डका आइसर ट्रक तथा बस

बिजमाण्डू
२०८३ कात्तिक १३ गते ११:२८ | Oct 30, 2026
बतास एमएडब्लुले सार्वजनिक गर्‍यो बीएसभीआई मापदण्डका आइसर ट्रक तथा बस


काठमाडौं। आइसर ट्रक्स एण्ड बसले नेपाली बजारमा बीएसभीआई मापदण्डअनुरूपका ट्रक तथा बसहरूको नयाँ रेन्ज सार्वजनिक गरेको छ।

GBIME
Tata

बतास एमएडब्लु कमर्सियल भेहिकल्ससँगको साझेदारीमा कम्पनीले विभिन्न व्यावसायिक तथा यातायात आवश्यकतालाई लक्षित गर्दै नयाँ सवारीसाधन बजारमा ल्याएको हो।

आइसरको अत्याधुनिक ईयूटेक६ प्रविधिमा आधारित यी सवारीसाधनले उच्च कार्यक्षमता, उत्कृष्ट इन्धन दक्षता र भरपर्दो कार्यसम्पादन प्रदान गर्ने कम्पनीले जनाएको छ। नयाँ रेन्जले नेपाली बजारमा विश्वस्तरको उत्सर्जन मापदण्डअनुरूपका व्यावसायिक सवारीसाधनको विकल्प विस्तार गर्ने अपेक्षा गरिएको छ।

ईयूटेक६ प्रविधि बीएसभीआई क्षेत्रमा आइसरले हासिल गरेको १५ वर्षभन्दा लामो अनुभव र विशेषज्ञतामा आधारित छ। यस प्रविधिमा इन्धन किफायती इन्जिन र उन्नत एक्जस्ट आफ्टर-ट्रिटमेन्ट सिस्टम (ईएटीएस) समावेश छ।

यो प्रविधिले उच्च टर्क र सहज ड्राइभिङ अनुभव प्रदान गर्छ। साथै, इन्धन खपत घटाउन र सवारीसाधनको कार्यक्षमता बढाउन सहयोग पुर्‍याउँछ। यसबाट ग्राहकले संचालन खर्च कम गर्दै आफ्नो व्यवसायको उत्पादकत्व बढाउन सक्ने कम्पनीको विश्वास छ।

नयाँ रेन्ज सार्वजनिक कार्यक्रममा ग्राहकलाई १६ वटा सवारीसाधन हस्तान्तरण गरिएको थियो। त्यस्तै, विभिन्न सेग्मेन्टका थप ३४ वटा सवारीसाधन बुकिङ भएको कम्पनीले जानकारी दिएको छ।

बुकिङ भएका सवारीसाधनमध्ये १७ वटा लाइट तथा मिडियम ड्युटी (एसएमडी) ट्रक, ४ वटा स्कुल बस, ४ वटा हेभी कमर्सियल बस र ९ वटा हेभी ड्युटी (एचडी) ट्रक रहेका छन्।

आइसरले प्रो २०००, प्रो ३००० र प्रो ६००० सिरिजका ट्रकहरू नेपाली बजारमा उपलब्ध गराएको छ। यी ट्रकहरू ५ टनदेखि ५५ टनसम्मको ग्रस भेहिकल वेट (जीभीडब्ल्यू) क्षमतामा उपलब्ध छन्।

त्यसैगरी, बसतर्फ कम्पनीले स्टारलाइन र स्काइलाइन रेन्ज सार्वजनिक गरेको छ। यी रेन्जमा २५ देखि ७० जनासम्म यात्रु बोक्न सक्ने क्षमताका बस समावेश छन्।

नयाँ सवारीसाधनमा चालकको आराम, सुरक्षा र संचालन दक्षतालाई पनि विशेष प्राथमिकता दिइएको छ। यसमा एमबुस्टर प्लस प्रविधि समावेश छ। यसले सवारीसाधनमा रहेको भारअनुसार तीनवटा पावर मोड उपलब्ध गराउँछ।

त्यस्तै, फ्युल कोचिङ सुविधाले चालकलाई वास्तविक समयमा ड्राइभिङसम्बन्धी सुझाव दिन्छ। यसले उचित ड्राइभिङ शैली अपनाउन र इन्धन खपत घटाउन सहयोग गर्छ।

क्रुज कन्ट्रोल सुविधाले विशेषगरी लामो दूरीको यात्रालाई सहज बनाउँछ। यी सुविधाले चालकको थकान कम गर्न र सवारीसाधनको प्रभावकारी संचालनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

ट्रक्स एण्ड बस सार्वजनिक कार्यक्रममा बतास एमएडब्लु कमर्सियल भेहिकल्सका प्रबन्ध निर्देशक शान्ता राज बतासले नयाँ रेन्जप्रति बजारबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताए।

उनले इटहरीमा बीएसभीआई प्रो रेन्ज सार्वजनिक गरेपछि ग्राहकबाट उल्लेखनीय बुकिङ प्राप्त भएको उल्लेख गरे। यसले आइसरका उत्पादनप्रति ग्राहकको विश्वास झल्काएको उनको भनाइ थियो।

ग्राहकलाई उत्कृष्ट उत्पादन उपलब्ध गराउनुका साथै बिक्रीपछिको सेवा पनि प्रभावकारी बनाउने कम्पनीको प्राथमिकता रहेको उनले बताए। सवारीसाधनको अधिकतम उपयोग सुनिश्चित गर्न समयमै र भरपर्दो सेवा प्रदान गरिने उनको प्रतिबद्धता थियो।