नेपाल बैंकले माग्यो ३०३ जना नयाँ कर्मचारी, प्लस टुका लागि पनि अवसर, वाग्मतीमा धेरै माग

बिजमाण्डू
२०७८ फागुन २० गते ०९:२४ | Mar 4, 2022
नेपाल बैंकले माग्यो ३०३ जना नयाँ कर्मचारी, प्लस टुका लागि पनि अवसर, वाग्मतीमा धेरै माग


काठमाडौं। नेपाल बैंक लिमिटेडले एकै पटक ३०३ जना नयाँ कर्मचारी भर्ना गर्ने भएको छ। बैंकले कनिष्ठ सहायकदेखि सहायक प्रबन्धक तहसम्मका कर्मचारी माग गरेको छ।

Tata
GBIME
NLIC

बैंकले शुक्रबार एक सूचना जारी गर्दै अनलाइनमार्फत दरखास्त फारम भर्न पाउने गरी आवेदन खुलाएको हो। बैंकले प्लस टु उत्तीर्णदेखि स्नातकोत्तर गरेकासम्मका लागि जागिर खुलाएको हो। केही पदमा अनुभवी पनि मागिएको छ।

बैंकले अर्थशास्त्रमा स्नातकोत्तर गरेकाहरुका लागि सहायक प्रबन्धक माग गरेको छ। यो भनेको छैटौं तह हो। यसमा खुलामा ३१ जना माग गरिएको छ। महिला ८, आदिबासी जनजाती ७, मधेसी ६, दलित २, अपांगता भएका र पिछडिएको क्षेत्र एक/एक जना माग गरिएको छ।

छैटौं तहका लागि सीए उत्तीर्ण माग गरिएको छ। यो पनि सहायक प्रबन्धक तह हो। यसमा कुल २ जना माग गरिएको छ। सूचना प्रविधिमा दुई जना माग गरिएको छ।

सातवटै प्रदेशका लागि ४ तहमा कर्मचारी माग गरिएको छ। प्रदेश १ का लागि ३१ जना माग गरिएको छ। मधेस प्रदेशका लागि ३१ जना माग गरिएको छ। वाग्मती प्रदेशका लागि ५१ जना माग गरिएको छ। गण्डकी प्रदेशमा १० जना, लुम्बिनी प्रदेशमा २१ जना, कर्णालीमा २ र सूदूरपश्चिम प्रदेशमा २ जना माग गरिएको छ। यो पदमा आवेदन दिनका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक उत्तीर्ण हुनु पर्नेछ।

सूचना प्रविधिमा दुई जना माग गरिएको छ। यो चार तहको जागिर हो। यसैगरी प्रदेशहरुमा गोल्ड टेस्टर माग गरिएको छ। प्रदेश १ मा १६ जना, मधेसमा १५ जना, वाग्मतीमा २७ जना, गण्डकीमा १२ जना, लुम्बिनीमा ११ जना, कर्णालीमा ५ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना माग गरिएको छ। यसमा प्लस टुका साथै अनुभव पनि माग गरिएको छ।

जागिरका लागि चैत १० गतेसम्म आवेदन दिइसक्नुपर्ने छ।