ग्यास उद्योगलाई आयल निगमको पत्र, ‘अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउनू’

बिजमाण्डू
२०८३ कात्तिक ९ गते १८:१६ | Oct 26, 2026
ग्यास उद्योगलाई आयल निगमको पत्र, ‘अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउनू’


काठमाडौं। नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्न सबै उद्योगलाई निर्देशन दिएको छ।

GBIME
Tata

निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन भनेको हो।

विभागका निर्देशक विनितमणि उपाध्यायले हस्ताक्षर गरेको पत्रमा ग्यास उद्योगबाट नियुक्त बिक्रेताले ग्यास बिक्री गरेपछि अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन भनिएको छ।

निगमले यसअघि २०८१ साउन ३० र २०८१ माघ १० गते पनि भ्याट बिल जारी गर्न भनेको थियो।