कामना सेवा विकास बैंकले सुरु गर्‍यो डिजिटल एआई एसिस्टेन्ट ‘केएस मित्र’ सेवा सुरु

बिजमाण्डू
२०८३ कात्तिक ९ गते १५:३७ | Oct 26, 2026
कामना सेवा विकास बैंकले सुरु गर्‍यो डिजिटल एआई एसिस्टेन्ट ‘केएस मित्र’ सेवा सुरु


काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई अझ छिटो, सहज र प्रभावकारी सेवाप्रदान गर्ने उद्देश्यले एआईमा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली केएस मित्र सार्वजनिक गरेको छ।

GBIME
Tata

ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध आक्स केएसमित्र अनलाइनमार्फत तथा सिधै ह्वाट्सएप नम्बर ९८५१४६००८५ मार्फत खाताको बारेमा सोधपुछ, बैंकिङ अनुरोध तथाआफ्नो गुनासोे सम्बन्धी जिज्ञासा राख्न सक्ने जनाइएको छ।

केएस मित्रमार्फत ग्राहकले शाखामा नपुगी बैंकका सेवाबारे जानकारी लिन, खाता सम्बन्धी जानकारी तथा गुनासो जाहेर गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

केएस मित्रमार्फत ग्राहकहरूले बैंककाशाखा र सम्पर्क नम्बर, बैंकका सेवातथा सुविधाहरू, ब्याजदर, सेवा–शुल्क र अन्य सामान्यजानकारी सजिलै पाउन सक्नेछन्।

ग्राहकको पहिचान र खाताको विवरण रुजु भएपछि खाताको मौज्दात, कारोबारको विवरण, ऋणको बाँकी रकम, सीआरएन, डीम्याट, केवाइसी लगायतका जानकारी पनि लिन सक्नेछन्।

त्यस्तै, खाता ब्लक गर्ने, आम्दानीको स्रोत वा पेशा परिवर्तन गर्ने, मोबाइल बैंकिङको पासवर्ड वा पिन परिवर्तन गर्ने, मोबाईल बैंकिङ ब्लक गर्ने र यसको अवस्था बुझ्‌ने जस्ता सेवाहरू पनि लिन सक्ने जनाएको छ।

ग्राहकले केएस मित्रमार्फत खोजेको जानकारी उपलब्ध नभएमा स्वचालित रूपमा टिकट जारी गरिनेछ। यसबाट ग्राहकका जिज्ञासा, सेवा अनुरोध र गुनासोको फलोअप गर्न र समाधान गर्न सजिलो हुने जनाइएको छ।

डिजिटल एआई एसिस्टेन्ट केएस मित्र सुविधा नेपालको बैंकिङ क्षेत्रमा नै नौलो र प्रभावशाली डिजिटल आयाम भएको बैंकले जनाएको छ।

डिजिटल प्रविधिको प्रयोगविस्तार गर्दै ग्राहक सेवाको गुणस्तर अभिवृद्धि गर्ने बैंकको प्रयासअन्तर्गत यो सेवा संचालनमा ल्याइएको विज्ञप्तिमा उल्लेख छ।

यस सेवाले ग्राहकलाई डिजिटल माध्यमबाट बैंकिङ जानकारी प्राप्त गर्न सहज बनाउनुका साथै ग्राहक सेवा प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुर्‍याउने विश्वास बैंकले लिएको छ।

बैंकले ग्राहकको समय बचत गर्दै डिजिटल माध्यमबाट बैंकिङ सेवा सहजबनाउने यो पहल बैंकको ‘फ्युचर रेडी’ अवधारणा अनुरूप अघि बढाइएको बताइएको छ।

यसका साथै बैंकले ग्राहकको आवश्यकता र सुविधालाई केन्द्रमा राख्दै विशिष्ट बचत खातामार्फत उपलब्ध गराइने डोरस्टेप बैंकिङ सेवालाई डिजिटल नवप्रवर्तनसँग जोड्ने अवधारणालाई समेत प्राथमिकता दिएको जनाएको छ।