चांगन नेभो क्यू०५ विद्युतीय एसयूभी कलाकारहरुको रोजाइमा, क-कसले लिए डेलिभरी?

बिजमाण्डू
२०८३ कात्तिक ९ गते १३:५० | Oct 26, 2026
चांगन नेभो क्यू०५ विद्युतीय एसयूभी कलाकारहरुको रोजाइमा, क-कसले लिए डेलिभरी?


काठमाडौं। सार्वजनिक भएको एक महिनामै चांगन नेभो क्यू०५ कलाकारहरुको रोजाइ बन्न थालेको छ।

GBIME
Tata

गायक स्वप्न सुमन तथा अभिनेत्रीहरु ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा र जसिता गुरुङले गाडीको डेलिभरी लिएका छन्। एकपछि अर्को कलाकारको रोजाइका कारण नेभो क्यू०५ एसयूभीप्रति ग्राहकको थप चासो बढेको बिक्रेता कम्पनी एमएडब्लू वृद्धि अटोकर्पले जनाएको छ।

चांगन नेभो क्यू०५ मा २,७३५ मिलिमिटर ह्विलबेस र फराकिलो क्याबिन उपलब्ध छ। यसको डिजाइन चांगनका ग्लोबल डिजाइन उपाध्यक्ष तथा फक्सवागन समूहका पूर्वडिजाइन प्रमुख क्लाउस जिकोराको नेतृत्वमा विकास गरिएको हो।

सन्तुलित बनावट, ‘डिजिटलविङ २.०’ लाइटिङ र आंशिकरूपमा लुकाइएका ढोकाका ह्यान्डलले गाडीलाई विशिष्ट रूप दिएका छन्।

गाडीमा सीएटीएल ब्याट्री सेलसँग चांगनको ‘गोल्डेन शिल्ड ब्याट्री २.०’ प्रविधि प्रयोग गरिएको छ। कम्पनीका अनुसार करिब १५ मिनेटमै ब्याट्री ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। गाडीमा १२० किलोवाटको मोटर, १४.६ इन्चको टचस्क्रिन र वायरलेस स्मार्टफोन कनेक्टिभिटी उपलब्ध छ।