पर्यटकीय गन्तव्य भरिभराउ, फेवातालमा थेगिनसक्नु चाप, मुस्ताङ बसपार्क गाडीले भरियो

बिजमाण्डू
२०८३ कात्तिक ८ गते १३:२३ | Oct 25, 2026
पर्यटकीय गन्तव्य भरिभराउ, फेवातालमा थेगिनसक्नु चाप, मुस्ताङ बसपार्क गाडीले भरियो
फेवातालमा पर्यटक। तस्बिर : रासस


काठमाडौं। दसैं सकिएसँगै पर्यटकीय गन्तव्यहरु भरिभराउ भएका छन्। घुम्न चाहने आन्तरिक पर्यटकलाई मौसमले पनि साथ दिएको छ।

GBIME
Tata

मौसम घमाइलो भएका कारण दसैं सकिनासाथ आन्तरिक पर्यटक घुमघामका लागि पोखरा, मुस्ताङ लगायत गन्तव्यमा पुगेका छन्। पोखराको फेवाताल आइतबार आन्तरिक पर्यटकमय भएको छ।

फेवातालमा पर्यटक। तस्बिर : रासस

यस्तै मुस्ताङमा पनि पर्यटकको संख्या बढेको छ। पर्यटक बढेकै कारण मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ स्थित रानीपौवा बजार नजिकैको बसपार्क सवारीसाधनले भरिएको छ।

रानीपौवा बसपार्कमा सवारी साधन। तस्बिर : रासस
रानीपौवा बसपार्कमा सवारी साधन। तस्बिर : रासस