काठमाडौं। दसैं सकिएसँगै पर्यटकीय गन्तव्यहरु भरिभराउ भएका छन्। घुम्न चाहने आन्तरिक पर्यटकलाई मौसमले पनि साथ दिएको छ।
मौसम घमाइलो भएका कारण दसैं सकिनासाथ आन्तरिक पर्यटक घुमघामका लागि पोखरा, मुस्ताङ लगायत गन्तव्यमा पुगेका छन्। पोखराको फेवाताल आइतबार आन्तरिक पर्यटकमय भएको छ।

यस्तै मुस्ताङमा पनि पर्यटकको संख्या बढेको छ। पर्यटक बढेकै कारण मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ स्थित रानीपौवा बजार नजिकैको बसपार्क सवारीसाधनले भरिएको छ।

