काठमाडौं। नेपालको विकासमा डायस्पोरालाई प्रभावकारी उपयोग गर्ने विषयमा थाइल्याण्डमा छलफल भएको छ।
थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी)मा ‘देश विकासमा नेपाली डायस्पोराको भूमिका’ विषयमा छलफल भएको हो।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सांसद सुशील खड्काले नेपाली डायस्पोरालाई देश विकासमा सहभागी गराउन चाल्नुपर्ने कदमबारे एआईटीका विद्यार्थीसँग अन्तर्क्रिया गरेका छन्।
बैंककमा उच्चस्तरीय पेशागत जिम्मेवारीमा रहेका नेपालीको व्यावसायिक अनुभव, सीप र ज्ञानलाई नेपालको विकाससँग जोड्ने सम्भावनाबारे छलफल भएको सांसद खड्काले जानकारी दिए।
एआईटीमा करिब १,८०० विद्यार्थी अध्ययनरत रहेकामा तीमध्ये ११८ जना नेपाली हुन्। उनीहरू स्नातकोत्तर (मास्टर्स) तथा विद्यावारिधि (पीएचडी) कार्यक्रममा अध्ययनरत छन्।
कार्यक्रममा सांसद खड्काले आफ्नो राजनीतिक यात्राबारे प्रस्तुति समेत दिएका थिए।










