काठमाडौं। कृषि मन्त्रालयले रासायनिक मलको आपूर्ति सहज बनाउन भन्दै कार्यविधि संशोधन गर्न लागेको छ।
मन्त्रालयले ‘अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि’मा संशोधनका लागि संघीय मामिला मन्त्रालयमार्फत देशभरका स्थानीय तहसँग सुझाव मागेको छ। स्थगानीय तहलाई सुझाव पेस गर्न असोज २८ गतेसम्मको समय दिइएको छ।
‘कार्यविधिको कार्यान्वयनमा आएका समस्या समाधान गरी थप प्रभावकारी बनाउन कार्यविधिमा संशोधन हुनु पर्ने विषयवस्तु र अनुदानित मल वितरण सूचना प्रणालीमा परिमार्जन/थप गर्नुपर्ने विषयवस्तु असोज २८ गतेभित्र उपलब्ध गराउन निर्देशानुसार अनुरोध छ,’ मन्त्रालयको पत्रमा भनिएको छ।
हाल २०८२ मा संशोधन गरिएको कार्यविधि अनुसार अनुदानको मल वितरण गरिंदै आएको छ।








