काठमाडौं। ग्लोबल आइएमई बैंकले काठमाडौं उपत्यकाभित्रका आफ्ना सम्पूर्ण शाखाबाट अमेरिकी डलर सटही सुविधा उपलब्ध गराएको छ।
बैंकले विदेश भ्रमण, अध्ययन तथा व्यापारिक प्रयोजनका लागि जाने यात्रुलाई विदेशी मुद्रा व्यवस्थापनमा सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाभित्रका सबै शाखा कार्यालयमार्फमा यो सेवा विस्तार गरिएको बताएको छ।
बैंकका अनुसार डलर सटही गर्न चाहने सेवाग्राहीले सम्बन्धित देशको भिसा, हवाई टिकट तथा राहदानी (पासपोर्ट)सहित पायक पर्ने जुनसुकै शाखामा सम्पर्क गर्न सक्नेछन्।
नेपाल राष्ट्र बैंकको प्रचलित विदेशी विनिमय व्यवस्था तथा नीतिअनुसार तोकिएको सीमासम्मको अमेरिकी डलर नगद वा कार्डमार्फत उपलब्ध गराउने बैंकले बिहीबार जारी गरेको प्रेस नोटमा उल्लेख छ।
यसअघि बैंकका सीमित शाखामा मात्र नगद विदेशी मुद्रा पाइन्थ्यो।








