अमिता प्रधान उपत्यका क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

बिजमाण्डू
२०८३ असोज २१ गते २२:४२ | Oct 7, 2026
अमिता प्रधान उपत्यका क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित


काठमाडौं। नेपाली कांग्रेसको काठमाडौं उपत्यकाको तर्फबाट केन्द्रीय सदस्य पदमा डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएकी छन्।

GBIME
Tata

केन्द्रीय सदस्यका लागि उपत्यका क्षेत्रबाट उम्मेदवारी दिएकी यमुनादेवी श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध भएकी हुन्।

पीपुल्स डेन्टल कलेज एन्ड हस्पिटलकी प्राध्यापकका उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा कन्सल्ट्यान्टका रूपमा कार्यरत छिन्।