काठमाडौं। एनआइसी एसिया बैंकका ग्राहकले नगरकोटस्थित होटल कन्ट्री भिल्लामा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।
बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन होटलसँग सम्झौता थरेको छ। सम्झौतापत्रमा बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख पुजन लाल अमात्य र होटलका फाइनान्स हेड सुरेन्द्र होराले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार बैंकका ग्राहकले होटलमा बास, खाना तथा पेय पदार्थ उपयोगमा छुट पाउनेछन्। डिलक्स कोठामा शुक्रबार र शनिबार ५ प्रतिशत तथा खाना र पेय पदार्थमा १० प्रतिशत छुट उपलब्ध हुने बैंकले जनाएको छ। ग्राहकले अन्य दिनमा भने दुवै सेवामा १० प्रतिशत छुट सुविधा पाउनेछन्।
छुट सुविधाका लागि ग्राहकले एनआइसी एसिया बैंकको मोबाइल बैंकिङ सेवा (मोबैंक), डेबिट कार्ड वा क्रेडिट कार्डबाट भुक्तानी गर्नुपर्नेछ।








