काठमाडौं। माछापुच्छ्रे बैंकले २० मेगावाटको सोलार आयोजनामा लगानी गर्ने भएको छ।
सुनसरीमा पशुपति इनर्जी प्रालिले बनाउन लागेको आयोजनामा बैंकले कुल लागतको ८० प्रतिशत लगानी गर्ने भएको हो।
आयोजनामा वित्तीय व्यवस्थापन सम्बन्धमा बैंक र कम्पनीबीच सम्झौता भएको छ। सम्झौता अनुसार परियोजना डेढ वर्षमा निर्माण गरिनेछ।








