रेड बुल १३औं कृति अवार्ड्स अन्तर्गत आनले गर्‍यो ‘कृति कनेक्ट’ कार्यक्रम, कसले के भने?

बिजमाण्डू
२०८३ असोज १८ गते २०:०४ | Oct 4, 2026
रेड बुल १३औं कृति अवार्ड्स अन्तर्गत आनले गर्‍यो ‘कृति कनेक्ट’ कार्यक्रम, कसले के भने?


काठमाडौं। नेपाल विज्ञापन संघ (आन)ले रेड बुल १३औं कृति अवार्ड्स अन्तर्गत काठमाडौंमा ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न गरेको छ।

Vigo
GBIME
Tata

विगतमा ‘एजेन्सी ब्रिफिङ सेसन’का रूपमा एजेन्सीहरूलाई अवार्ड्सका मापदण्डबारे जानकारी दिन गर्ने गरिएको कार्यक्रमलाई यसपालि गैर-सदस्य एजेन्सीलाई समेत बोलाएर ‘कृति कनेक्ट’का रूपमा सम्पन्न गरेको आनले जनाएको छ।

अवार्ड्सको गरिमा र छविलाई थप उचाइमा पुर्‍याउन गैर-एजेन्सीलाई पनि सहभागी गराएको आनले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

कार्यक्रममा आनका पूर्वअध्यक्ष तथा कृति अवार्ड्सका सुरुवातकर्ता भास्करराज राजकर्णिकारले अवार्ड्सको उद्देश्य र आनका प्रथम उपाध्यक्ष उज्वल शाक्यले कृति अवार्ड्सको १३औं संस्करण बारेमा प्रकाश पारे।

हालसम्म सबैभन्दा धेरै कृति अवार्ड्स जितेका मेकवेज प्रालिका प्रमुख विधान राजभण्डारीले अवार्ड्स हात पार्न गर्नुपर्ने मिहेनतबारे आफ्नो अनुभव सुनाएका थिए।

कार्यक्रममा विज्ञापन उद्योगका समसामयिक विषय र सिर्जनात्मक बजारीकरणका आयाममा केन्द्रित रहेर छलफल समेत गरिएको थियो।

आनका अध्यक्ष सुदीप थापाले कार्यक्रमले विज्ञापन तथा ब्रान्डिङ उद्योगलाई थप एकताबद्ध बनाउन, पारदर्शिता र व्यावसायिक दक्षता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।