सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी, सुन प्रति तोला एक सय बढ्दा चाँदी ४० रुपैयाँ महँगियो

बिजमाण्डू
२०८३ असोज ७ गते ११:२२ | Sep 23, 2026
सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी, सुन प्रति तोला एक सय बढ्दा चाँदी ४० रुपैयाँ महँगियो


काठमाडौं। सुनचाँदीको मूल्यमा झिनो बढोत्तरी छ। अघिल्लो दिनका तुलनामा बुधबार सुन तोलामा एक सय रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँले बढेको छ।

Vigo
GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख २ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

यसअघि एक हजार ७ सय रुपैयाँले घटेर मंगलबार प्रति तोला ३ लाख २ हजार २ सय रुपैयाँ भएको थियो। सोमबार तोलाको ३ लाख ३ हजार ९ सय रुपैयाँ थियो।

चाँदीको मूल्य बढेर बुधबार प्रति तोला ४ हजार ८१५ रुपैयाँ पुगेको छ। मंगलबार तोलाको ४ हजार ७७५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औंस ४३४३.९९ डलर र चाँदी प्रति औंस ६६.६४ डलरले कारोबार भइरहेको छ।